Kathmandu Press

पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

महासचिव पदमा आशिष गुरागाईं ५६७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी  रामचन्द्र दुलालले ५०९ मत पाए।
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित

काठमाडौं, मंसिर ३० : नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको अध्यक्षमा टेनिस रोका (टेकबहादुर रोका) निर्वाचित भएका छन्।

आज दिउँसो सार्वजनिक अन्तिम मत परिणामअनुसार रोकाले ६४८ मत प्राप्त गर्दा प्रतिस्पर्धी मोहनप्रसाद पन्तले ४१० र शिव बस्नेतले ९३ मत प्राप्त गरे।  

उपत्यका प्रदेशको उपाध्यक्षमा रोजिना थापा ६८३ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कालिकाबहादुर महतले ४१६ मत पाए।

Hardik ivf

उपाध्यक्ष महिलातर्फ रमा न्यौपाने ६८८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी सतिदेवी उप्रेतीले ३६३ मत पाए।

महासचिव पदमा आशिष गुरागाईं ५६७ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी  रामचन्द्र दुलालले ५०९ मत पाए।

उपत्यका प्रदेशको सचिव पदमा अजित अधिकारी ६३१ मतसहित विजयी हुँदा प्रतिस्पर्धी अमिर लामा स्याङ्बोले ४४४ मत पाए। समावेशी सचिवतर्फ प्रवीण श्रेष्ठ विजयी भएका छन्।

उनले ६१९ मत पाए भने प्रतिस्पर्धी मोहन वल्लले २६३ मत प्राप्त गरे। 

कोषाध्यक्षमा सन्जिप घिमिरे ४७७ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नीरज रञ्जीतले तीन सय ५२ मत पाएका छन्।

यसैगरी, खुला ६ सदस्यमा घनश्याम अधिकारी (वैरागी जेठा), चन्द्रजित मोक्तान, भीमराज खड्का, रनसुर महतारा, रामशरण काफ्ले र रोशन क्षेत्री विजयी भएका छन्।

महिला तीनजना सदस्यमा उमा शर्मा, विष्णुकुमारी पौडेल र रमिला पोखरेल (योञ्जन) निर्विरोध निर्वाचित भएका छन्।

दलित सदस्यतर्फ लिलामाया नेपाली, जनजाति सदस्यमा शैलेश डङ्गोल र सुरेश सायजु विजयी भए। मधेशी  र अल्पसङ्ख्याक सदस्यमा क्रमशः प्रदीप मण्डल र भक्ति शाह निर्विरोध निर्वाचित भए।  

महासङ्घको उपत्यका प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला शाखा रहेका छन्।

प्रकाशित मिति: २०:२१ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्