Kathmandu Press

आफैले बनाएको पेस्तोल प्रयोग गरी साथीको हत्या, तीनजना पक्राउ

वेल्डिङको काम गर्दै आएका उनीहरूले आफैँले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए।
आफैले बनाएको पेस्तोल प्रयोग गरी साथीको हत्या, तीनजना पक्राउ

नवलपरासी, मंसिर ३० ।  पश्चिम नवलपरासीको सुस्तामा गत बिहीबार साँझ भएको गोलीकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले तीनजना पक्राउ गरी आज सार्वजनिक गरेको छ।

सुस्ता गाउँपालिका–२ मुसहर टोल बस्ने २३ वर्षीय रोहन महतोको गोली हानी हत्या गरेको आशङ्कामा प्रहरीले सुस्ता–२ महलबारी बस्ने २२ वर्षीय विशाल मुसहर, सोही स्थानका २१ वर्षीय मोहन थारू र १८ वर्षीय साहिल थारूलाई पक्राउ गरेको थियो।

Hardik ivf

उनीहरू साथीभाइ रहेको र सामान्य आवेगमा घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

वेल्डिङको काम गर्दै आएका उनीहरूले आफैँले फलाम स्पिड तथा रबर प्रयोग गरी पेस्तोल बनाएका थिए।

सोही पेस्तोल लोड गरेर आएका उनीहरूले सामान्य विवादमा महतोमाथि गोली प्रहार गरी भागेको बताइएको छ।

उनीहरूका साथबाट प्रहरीले स्थानीयस्तरमा उत्पादन गरिएको पेस्तोल एक थान, २८ थान छर्रा, १२ वटा सलाई, तीन थान छर्रा राख्ने फ्रेम बरामद गरेको छ।

पेस्तोल बनाउन आवश्यक सामग्रीहरू सीमावर्ती भारतीय बजारबाट खरिद गरी ल्याएको पाइएको छ।

पक्राउ परेकाहरू माथि कर्तव्य ज्यान तथा हातहतियार खरखजना कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। 

प्रकाशित मिति: १९:२४ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्