Kathmandu Press

देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार : प्रधानमन्त्री

आफूहरू नेपाल निर्माणको महान अभियानमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्ने बताए।
देशलाई विकृतिबाट सुकृतितर्फ लान अहिलेको सरकार : प्रधानमन्त्री

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट पारेका छन्। 

ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१औं राष्ट्रिय ज्यापु दिवसमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिस भएकाले ठूलाठूला दलको सहकार्यमा सरकार बनेको बताए।

Hardik ivf

यो सरकार केबल सरकार बनाउनका लागि नभई मुलुकका समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको उनको भनाइ थियो।

‘गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छभन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो, प्रहार गरियो। भ्रष्टाचारमा उजुरी परेका माथि २०औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छभन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो । यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्चाउने प्रयासका उपज हुन्,’ प्रधानमन्त्री ओलीले भने।

आफूहरू नेपाल निर्माणको महान अभियानमा रहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्ने बताए।

‘नेपाल भाँड्नका लागि र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहान्छौँ । यो जातलाई खेद, अर्को जातलाई खेद भन्दैनौं। बैंकको ऋण नतिर भन्दैनौं,’ उनले भने, ‘नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौं। नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले अहिले आफूहरुले जे दुःख भोगेका छौं त्यस्ता दुःखः हाम्रा छोरानातिहरुले दुःख भोग्नु नपरोस् भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको जनाउँदै सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए। 

सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य र सुसंस्कृत हुँदै आत्मीयता र भ्रातृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गरे। 

प्रकाशित मिति: १६:५० बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्