Kathmandu Press

कांग्रेस पार्टीलाई केन्द्रबिन्दुमा राखेर हामीले काम गर्नुपर्छ : मन्त्री सिंह

‘अहिले नेपाली कांग्रेस पार्टीमा चाँही अलिकति कमिकमजोरी के भैइरहेको छ भन्दा खेरी नेपाली कांग्रेस त कांग्रेस नै हो। तर यो  पार्टी पनि ए, बि, सि र डि को नाममा अगाडि बढिरहेको छ।’
कांग्रेस पार्टीलाई केन्द्रबिन्दुमा राखेर हामीले काम गर्नुपर्छ : मन्त्री सिंह

काठमाडौं, मंसिर ३० : उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेसको १०० दिने अभियान अन्र्तगत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन्।

Hardik ivf

‘काम गरे भनेर मात्र हुँदैन। हामीले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्छ। मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्नुपर्यो,’ उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टीमा चाँही अलिकति कमिकमजोरी के भैइरहेको छ भन्दा खेरी नेपाली कांग्रेस त कांग्रेस नै हो। तर यो  पार्टी पनि ए, बि, सि र डि को नाममा अगाडि बढिरहेको छ।’

उनले  ए र बि को लेबलमा नराखेर केन्द्रबिन्दुमै कांग्रेस पार्टीलाई लग्नुपर्ने बताए। उनले कांग्रेस पार्टीभित्रै इमानदार भएर अगाडि बढ्नुपर्ने बताए। 

उनले निर्वाचन क्षेत्रको मतदाताहरुको मन दुखायो भने गाहे हुन्छ भन्ने कुरा सबै जनप्रतिनिधिहरुमा महशुस हुन जरुरी रहेको बताए।  

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्