मोटरसाइकल दुर्घटनामा बाबुछोराको मृत्यु
दुर्घटनामा परी कटहरी गाउँपालिका–१ का ४५ वर्षीय उमेश मरिक र २२ वर्षीय आशिक मरिकको मृत्यु भएको हो।
माेरङ, मंसिर ३० : मोरङको झोराहाटमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको मृत्यु भएको छ।
ग्रामथान गाउँपालिका–२ स्थित झोराहट नहरको पुलमा शनिबार राति मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी कटहरी गाउँपालिका–१ का ४५ वर्षीय उमेश मरिक र २२ वर्षीय आशिक मरिकको मृत्यु भएको हो। उनीहरू बाबुछोरा हुन्।
मोटरसाइकल तीव्र गतिमा रहेको र नहरमा ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई प्रहरीले विराट नर्सिङहोम पठाएको थियो । दुबै जनाको उपचारका क्रममा मृत्यु भएको हो।
प्रकाशित मिति: १४:३८ बजे, आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

