Kathmandu Press

रविमाथि प्रतिशोध नभई कानुन वमोजिम छानविन : गृहमन्त्री 

सहकारी रकम अपचलनमा अनुसन्धानका लागि अदालतबाट म्याद लिइएको र अदालतले पनि कानुनबमोजिम नै म्याद दिएको भनाई गृहमन्त्री लेखकको छ। 
रविमाथि प्रतिशोध नभई कानुन वमोजिम छानविन : गृहमन्त्री 

चितवन, मंसिर ३० : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोधपूर्ण नभई कानुनबमोजिम अनुसन्धान चलिरहेको बताएका छन्।

प्रेस युनियनले चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो भनाई राखेका हुन्। 

Hardik ivf

सहकारी रकम अपचलनमा अनुसन्धानका लागि अदालतबाट म्याद लिइएको र अदालतले पनि कानुनबमोजिम नै म्याद दिएको भनाई गृहमन्त्री लेखकको छ। 

उनले अदालतले नै दिएको म्यादभित्र अनुसन्धान भएको अवस्थामा कसरी गैरकानुनी भयो भन्ने प्रश्न समेत गरेका छन्।

‘उहाँकामाथि जुन छानबिन भइरहेको छ त्यो कुनै स्वेच्छाचारी ढंगले, गैरकानुनी ढंगले भएको छैन, अनुसन्धान कानुन बमोजिम भइरहेको छ,’ उनले भने, ‘अदालतबाट लिएको म्यादभित्रै अनुसन्धान गरिएको छ भने कसरी प्रतिशोधपूर्ण र गैरकानुनी भयो?’ 

रवि गत कात्तिक २ गते यता अनुसन्धानका लागि प्रहरी थुनामा छन्। 

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्