भ्रष्टाचार ठहर भएको १३ बर्षपछि उपप्रवन्धक श्रेष्ठ पक्राउ
उनीविरुद्ध कर्जा प्रवाह गर्दा ३९ करोड ८९ लाख हानीनोक्सानी गरेको अभियोग थियो। श्रेष्ठविरुद्ध अख्तियारले भ्रष्टाचारमा दुईवटा छुट्टाछुट्टै मुद्दा चलाएको थियो।
काठमाडौं, मंसिर ३० : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठ १३ बर्षपछि पक्राउ भएका छन्।
श्रेष्ठलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा श्रेष्ठ भ्रष्टाचारी ठहर भएका थिए।
उनीविरुद्ध कर्जा प्रवाह गर्दा ३९ करोड ८९ लाख हानीनोक्सानी गरेको अभियोग थियो। श्रेष्ठविरुद्ध अख्तियारले भ्रष्टाचारमा दुईवटा छुट्टाछुट्टै मुद्दा चलाएको थियो।
विशेष अदालतबाट २०६८ भदौ ६ गते ६–६ महिना कैद सजाय तोकिएको थियो।
प्रकाशित मिति: १४:०३ बजे, आइतबार, मंसिर ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार