Kathmandu Press

‘संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ’

‘संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्‍यो। प्रारम्भिक छलफल भएको छ। सबै दललाई समेटेर संविधान संशोधन गर्छौं,’ उनले भने।
‘संविधान संशोधन सबै दलको सहमतिमा हुन्छ’

चितवन, मंसिर ३० : गृहमन्त्री रमेश लेखकले संविधान संशोधन सबै दलहरूको सहमतिमा हुने बताएका छन्। 

चितवनमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले संविधान संशोधन संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताए। 

Hardik ivf

‘संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको छ। संशोधन दुईवटा दलले मात्रै गर्ने होइन,’ उनले स्पष्ट पारे।

संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग वार्ता छलफल गरेर सबैको सहमतिका साथ संविधान संशोधन गर्ने गृहमन्त्री लेखकको भनाई थियो। 

‘संविधान संशोधनका लागि कसै न कसैले त पहल गर्नु पर्‍यो। प्रारम्भिक छलफल भएको छ। सबै दललाई समेटेर संविधान संशोधन गर्छौं,’ उनले भने।

सरकारको स्थायित्व नै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन कांग्रेस र एमाले मिलेर सरकार बनेको मन्त्री लेखकले बताए। 

यो सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै उनले बताए। उनले भने, ‘कांग्रेस र एमालेबीचमा सहमति भएको छ, २०८४ सालसम्म त्यही सहमतिअनुसार हामी अघि बढ्छौं।’

दुई दलबीचमा कुनै समस्या नरहेको बताउँदै उनले सरकार परिवर्तन हुने भन्ने हल्ला हल्ला मात्रै भएको उल्लेख गरे। राष्ट्रिय आवश्यकता र महत्त्वका मुद्दा सम्बोधन गर्न संसद्का ठूला दल मिलेको उनले बताए। 

प्रकाशित मिति: १३:३२ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्