काठमाडौंको संघर्षपूर्ण जित पछि चितवन प्लेअफमा
टियू मैदानमा भएको खेलमा काठमाडौंले विराटनगर किंग्समाथि ११ बल बाँकी छँदा १ विकेटको झिनो जित निकलोको थियो। यो जितपछि चितवनको प्लेअफ पक्का भएको हो।
काठमाडाैं, मंसिर ३० : शनिबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले संघर्षपूर्ण जित निकालेपछि चितवन राइनोज नेपाल प्रियिमर लिग (एनपिएल)को प्लेअफमा पुगेको छ।
टियू मैदानमा भएको खेलमा काठमाडौंले विराटनगर किंग्समाथि ११ बल बाँकी छँदा १ विकेटको झिनो जित निकलोको थियो। यो जितपछि चितवनको प्लेअफ पक्का भएको हो।
लिगको ७ खेलमा ४ जितसहित चितवनले ८ अंक जोडेको छ। र, राम्रो रनरेटका आधारमा ऊ तेस्रो स्थानमा छ। समान ८ अंक नै जोडेका कर्णाली याक्स र काठमाडौं रनरेटका आधारमा चौथो र पाँचौं स्थानमा छ।
लिगको अन्तिम खेलमा भोलि कर्णाली र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ। यो खेलको नतिजा जे भएपनि चितवनले लिग तेस्रो या चौथोमा सक्ने निश्चत भएको छ। अब उसले एलिमिनेटर खेल्ने छ।
एलिमिनेटरमा उसको प्रतिद्वन्द्वी कर्णाली, काठमाडौं या सुदूरपश्चिम मध्ये १ हुनेछ। सुदूरपश्चिमले अझै २ खेल खेल्न बाँकी छ।
जनकपुर बोल्ट्स र सुदूरपश्चिम भने यसअघि नै प्लेअफमा पुगिसकेका छन्।












