Kathmandu Press

आँबुखैरेनीमा चितुवाको त्रास

वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ। 
आँबुखैरेनीमा चितुवाको त्रास

तनहुँ, मंसिर ३० : आँबुखैरेनी गाउँपालिका–३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन्। 

पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए। 

Hardik ivf

स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उनले जानकारी दिए। उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आगह गरेका छन्। 

यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो। 

गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए। एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएको स्थानीयले बताएका छन्।

वन कार्यालयले राति घरगोठ उज्यालो राख्न, एक्लै नहिँड्न, बच्चा तथा वृद्धको विशेष ख्याल गर्न अनुरोध गरेको छ। 

प्रकाशित मिति: ११:४४ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्