Kathmandu Press

ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन् : प्रधानमन्त्री

आइतबार सामाजिक सञ्जालमार्फत उनले ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर रहेको भन्दै धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरे। 
ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन् : प्रधानमन्त्री

काठमाडौं, मंसिर ३० : प्रधानमन्त्री केपी ओलीले धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर रहेको भन्दै धान्य पूर्णिमा, उधौली, यमरीपुन्ही र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गरे। 

Hardik ivf

‘आज धान्य पूर्णिमाको दिन। पुरानो कृषि युगमा यस दिनको ठूलो महत्त्व छ। असारमा रोपेको धान मंसीरमा भित्र्याएर प्रमुख खाद्यान्न धानप्रति कृतज्ञ हुने पर्व भएकोले आजको दिनलाई धान्य पूर्णिमा भनिएको हो। आज ज्यापु दिवस पनि हो,’ उनले लेखेका छन्। 

उनले पूर्वी पहाडमा जाडो छल्न उँभो लेकबाट बेंसी (उँधो)झर्ने दिनका रूपमा उधौली पर्व मनाइने परम्परा रहेको उल्लेख गरेका छन्।

यस्तै, उनले आज काठमाडौं उपत्यकामा चामलबाट बनाइएको यःमरी खाएर यःमरी पुन्ही मनाइने बताएका छन्। 

‘नेपालमा बसोबास गर्ने धेरैजसो जातिहरूको आजको दिनमा कुल पूजा गर्ने चलन छ र विभिन्न ठाउँमा मेला लाग्छ। ठाउँ अनुसारका हाम्रा सबै पर्व सुन्दर छन्, सबैलाई शुभकामना,’ उनले लेखेका छन्।

प्रकाशित मिति: ११:३७ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्