Kathmandu Press

काठमाडौंविरुद्ध विराटनगर ११७ रनमै अलआउट

टियू मैदानमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको विराटनगरले १९.५ ओभरमा ११७ नरमा अलआउट भएको हो।
काठमाडौंविरुद्ध विराटनगर ११७ रनमै अलआउट

काठमाडाैं, मंसिर ३० : नेपाल प्रिमियर लिगको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्स ११७ रनमै अलआउट भएको छ। टियू मैदानमा काठमाडौं गुर्खाजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको विराटनगरले १९.५ ओभरमा ११७ नरमा अलआउट भएको हो।

विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए भने दीपक बोहराले २०, स्कट इडवार्ड्सले १५, बासिर अहमदले १३ र निकोलस किर्टोनले १२ रन बनाए।

Hardik ivf

विराटनगरलाई सस्तैमा रोक्ने क्रममा काठमाडौंका जेरार्ड इरास्मसले ३ तथा दीपेश कँडेलले २ विकेट लिए।

यो खेलअघि नै प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिसकेकाले विराटनगरलाई जित हारले खासै फरक पर्दैन। तर, काठमाडौंको प्लेअफ पुग्ने सम्भावना कायमै रहेकाले उसले ११८ रनको जतिसक्दो छिटो भेट्टाउनु पर्नेहुन्छ।

प्रकाशित मिति: १०:५३ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्