लकडाउनलाई प्रभावकारी बनाउन गृहमन्त्री थापाको निर्देशन
काठमाडौं, वैशाख ९ : गृहमन्त्री रामबहादुर थापाले लकडाउनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० ....

काठमाडौं, वैशाख ९ : गृहमन्त्री रामबहादुर थापाले लकडाउनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
प्रहरी वरिष्ठ उपरीक्षकबाट बढुवा भएका १० प्रहरी नायब महानिरीक्षकलाई सफल कार्यकालको शुभकामना दिँदै मंगलबार गृहमन्त्री थापाले लकडाउन कार्यान्वायन र सामाजिक दूरी कायम गर्ने विषयमा प्रहरीको अहम् भूमिका रहने भन्दै त्यसको प्रवाभकारी कार्यान्वयन गराउन प्रहरी अधिकृतलाई निर्देशन दिएका हुन्।
उनले कोरोना संक्रमणको जोखिम रहेकाले सीमा नाकामा थप कडाइका लागि विशेष ध्यान दिन आग्रह गरे। गृहमन्त्री थापाले भने,‘ राज्यले विश्वास गरेर तपाईंहरूलाई यो जिम्मेवारी प्रदान गरेको छ, जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्दै सृजनात्मक ढङ्गले काम कारवाही अघि बढाउनुहोस्।’
मुलुक कोरोना विरुद्धको लडाइँमा रहेको अवस्थामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले अग्रमोर्चामा रहेर काम गरिरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले राज्यको रणनीति सफल भए हामीले यो लडाइँ जित्ने बताए। उनले लकडाउनको समयमा नागरिकलाई कुनै समस्या भए तत्काल पूरा गर्नतर्फ अग्रसर हुनसमेत निर्देशन दिए।





-1792762148.jpeg)





