Kathmandu Press

राधाकृष्ण मन्दिरलाई कांग्रेस नेता एवं व्यवसायी पुरीको एक लाख सहयोग

चापाकोट नगरपालिका ८ खोरियाघाटमा सञ्चालन भइरहेको श्रीमद्धागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा शनिबार सहभागी भई उनले उक्त रकम व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । 
राधाकृष्ण मन्दिरलाई कांग्रेस नेता एवं व्यवसायी पुरीको एक लाख सहयोग
Hardik ivf

काठमाडौं, मंसिर ३० : नेपाली काँग्रेसका नेता एवं व्यवसायी शेषकान्त पुरीले स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ८ मा रहेको राधाकृष्ण मन्दिर तथा वृद्धाआश्रमलाई एक लाख एक हजार नगद सहयोग गरेका छन् । 

चापाकोट नगरपालिका ८ खोरियाघाटमा सञ्चालन भइरहेको श्रीमद्धागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा शनिबार सहभागी भई उनले उक्त रकम व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । 

उनी व्यवसाय र राजनीतिसँगै सामाजिक गतिविधिमा समेत सक्रिय रहेका छन् । पुरी यसअघि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ मा स्याङ्जा क्षेत्र नं २ (ख) को प्रदेश सभा सदस्यतर्फको आकांक्षी समेत रहेका थिए ।  

प्रकाशित मिति: ०८:५६ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्