Kathmandu Press

यमरी पुन्ही मनाउँदै नेवार समुदाय

आजकै दिनलाई काठमाडौं उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ‘ज्यापु दिवस’का रुपमा पनि मनाउने चलन छ। नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ।
यमरी पुन्ही मनाउँदै नेवार समुदाय

काठमाडौं, मंसिर ३० : नेवार समुदायले विशेष महत्त्वका साथ आज योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा मनाउँदैछन्। आज विशेष प्रकारको परिकार योमरी बनाएर खाने गरिन्छ। 

आजकै दिनलाई काठमाडौं उपत्यकाका नेवारभित्रकै ज्यापु समुदायले ‘ज्यापु दिवस’का रुपमा पनि मनाउने चलन छ। नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन यो पर्व मनाइन्छ।

योमरी पुन्हीमा तिल, चाकु र खुवा राखेर चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकार ‘योमरी’ प्रसादका रुपमा खाने गरिन्छ। धान्य पूर्णिमाको साँझ टोलटोलमा रमाइलो गर्दै केटाकेटी, युवायुवती जम्मा भइ योमरी माग्ने चलन पनि हुन्छ। 

योमरी पुन्हीमा नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाने चलन हुन्छ। आजै नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो पात आकारको ल्होँचामरी बनाइ पूजा गरी चढाउने गरिन्छ। 

योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने विश्वास रहिआएको छ। यसरी चढाएको योमरी ४ दिनपछि प्रसादका रुपमा परिवारमा बाँडेर खाने चलन छ। 

प्रकाशित मिति: ०६:४७ बजे, आइतबार, मंसिर ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्