Kathmandu Press

सुदूरपश्चिमका ३५ वर्षीय युवा पनि कोरोना जितेर घर फर्किए

काठमाडौं, वैशाख ९ : कोरोना संक्रमित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय युवक स्वस्थ भएर घर फर्किएका छन्।

दुबईबाट फर्केका युवा....

सुदूरपश्चिमका ३५ वर्षीय युवा पनि कोरोना जितेर घर फर्किए

काठमाडौं, वैशाख ९ : कोरोना संक्रमित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका ३४ वर्षीय युवक स्वस्थ भएर घर फर्किएका छन्।

दुबईबाट फर्केका युवाको चौथो र पाँचौं पटक कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले बताए।

चैत १४ गते परीक्षणको क्रममा उनमा कोरोना पोजेटिभ देखिएपछि उनलाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएको थियो। उनी २६ दिनपछि घर फर्केका हुन्। उनीसँगै नेपालमा कोरोना संक्रमित ५ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

धनगढीको सेती प्रादेशिक अस्पतालमा अब तीन जना कोरोना संक्रमित उपचाररत छन्।

प्रकाशित मिति: १९:०२ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्