Kathmandu Press

वर्तमान संविधानमा अझै पनि समानता छैन : सांसद शर्मा

सांसद शर्माले संविधान संशोधन सबैले स्वीकार गरेको विषय भएको बताउँदै संविधान संशोधन अग्रगमनका लागि हुनुपर्नेमा जोड दिइन्। 
वर्तमान संविधानमा अझै पनि समानता छैन : सांसद शर्मा

काठमाडौं, मंसिर २९ : नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले संविधान संशोधन सबैले स्विकार गरेको विषय भएको बताएकी छन्। 

शनिबार काठमाडौंमा आयोजि झिल्को १६औं अंक विशेष बहसमा उनले वर्तमान संविधानमा अझै पनि समानता नभएको भन्दै संविधान संशोधन अग्रगमनका लागि हुनुपर्ने बताएकी हुन्।  

‘यो संविधान पूर्ण समानतामा आधारित छैन। तर विगतको भन्दा विभेदको न्यूनिकरण गरिएको छ। विभेदलाई कम गर्ने प्रयास गरिएको छ,’ उनले भनिन्, ‘अहिले पनि हामीले हेर्ने हो भने नागरिकताको पाना पढ्दै गर्दा त्यहाँ लैङ्गिक समानता देखिँदैन। जातिय विभेदका कुराहरु हेर्ने हो भने पूर्ण रुपमा हटेको छैन। यसलाई पूर्ण रुपमा कसरी समानतातिर लाने त्यसतर्फ हामीले ध्यान दिनुपर्छ।’

सांसद शर्माले संविधान संशोधन सबैले स्वीकार गरेको विषय भएको बताउँदै संविधान संशोधन अग्रगमनका लागि हुनुपर्नेमा जोड दिइन्। 

लामो समयदेखि राजनीतिक आन्दोलन गरेपनि अझै राजनीतिक कुराहरुमा अल्झिरहेको उनले बताइन्। अब जनताको बीचमा गएर जनताको सहमतिमा विभेदहरुलाई पूर्ण रुपमा समानताको कोणबाट अगाडि बढाउने कुरामा सोच्नुपर्ने तर्क उनले गरिन्। 
 

प्रकाशित मिति: १९:३४ बजे, शनिबार, मंसिर २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्