Kathmandu Press

‘चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ’

दिशानिर्देश गर्दै पोखरेलले चुनावका समयमा जुन प्रकारको रिपोर्टिङ गरिन्छ त्यो आजको परिणामका बीचमा कुनै एकता नभएको बताएका छन्।
‘चुनावको समयमा रिपोर्टिङ उत्साहजनक भए पनि परिणाम चिन्ताजनक छ’

काठमाडौं, मंसिर २९ : नेकपा एमालेको ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशाला च्यासलमा सुरु भएको छ। केन्द्रीय संगठन विभागद्वारा आयोजितमा दुई दिने कार्यशाल सुरु भएको हो।

विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा जारी कार्यशालमा महासचिव शंकर पोखरेलले बार्षिक कार्ययोजनाबारे दिशानिर्देश गरेका छन्।

Hardik ivf

दिशानिर्देश गर्दै पोखरेलले चुनावका समयमा जुन प्रकारको रिपोर्टिङ गरिन्छ त्यो आजको परिणामका बीचमा कुनै एकता नभएको बताएका छन्। उनले चुनावको समयमा रिपोर्टिङ उत्साहित भए पनि परिणाम त्यो भन्दा भिन्न आएको बताएका हुन्।

‘विगतमा गठबन्धनसँग लडेको पार्टीले प्राप्त गरेको सफलता र अलग अलग लड्दाखेरी प्राप्त गर्नुपर्ने सफलताको सन्र्दभको कुरा गर्दा खेरी आज हामीले जे परिणाम प्राप्त गरेका छौं त्यो अत्यन्त चिन्ताजनक छ,’ उलने भने, त्यसमाथि प्रदेशका हिसावले हेर्ने हो भने पनि एक प्रकारले मतहरुको स्थिति हेर्ने हो भने पनि विगतका वर्षहरुमा गठबन्धन हुँदाखेरी उनीहरुले छोडेको सिटलाई समेत समायोजन गरिकन मत विश्लेषण गर्न सकिन्छ। तर चुनावका बेला साथिहरुले जुन प्रकारको रिपोर्टिङ गर्नुभएको थियो त्यो उत्साहजनक थियो भने मतपरिणाममा त्यो भन्दा भिन्नै छ।’

उनले देशलाई समृद्घिका आधारमा अगाडि बढाउने हो भने पनि त्यो जनतासामू राम्रो सन्देश पुग्न नसकेको बताए। 

उनले देशलाई समृद्घिका आधारमा अगाडि बढाउनका लागि साना साना राजनीतिक दलहरु नभएर बलियो राजनीतिक दलहरु मिल्नुपर्ने बताए। 

प्रकाशित मिति: १६:०९ बजे, शनिबार, मंसिर २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्