Kathmandu Press

निशमले हाने बलमै १८ अर्धशतक, बनाए कीर्तिमान

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा चितनव राइनोजविरुद्ध निशमले १८ बलमा ४ चौका र ५ छक्का हान्दै अर्धशतक बनाएका हुन्।निशमले बासिल हमिदको एकै ओभरमा ४ चौका र १ छक्का २४ रन हानेका थिए।
निशमले हाने बलमै १८ अर्धशतक, बनाए कीर्तिमान

काठमाडाैं, मंसिर २९ : किबी अलराउन्डर जिमी निशमले नेपाल प्रिमियर लिगमा १८ बलमै अर्धशतक प्रहार गरेका छन्। 

कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा चितनव राइनोजविरुद्ध निशमले १८ बलमा ४ चौका र ५ छक्का हान्दै अर्धशतक बनाएका हुन्।निशमले बासिल हमिदको एकै ओभरमा ४ चौका र १ छक्का २४ रन हानेका थिए।

यो सँगै उनले एनपिएलमा सर्वाधिक छिटो अर्धशतक हान्ने कीर्तिमान आफ्नो नाममा लेखाए। 

यसअघि पोखरा एभेन्जर्सका आन्द्रे गौसले २० बलमा अर्धशतक हान्दै कीर्तिमान बनाएका थिए।
 
प्रकाशित मिति: १६:०१ बजे, शनिबार, मंसिर २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्