Kathmandu Press

उदयपुरका ३३ वर्षीय पुरूषमा देखियो कोरोना पोजेटिभ,

काठमाडौं, वैशाख ९ : उदयपुरमा अर्को एकजना ३३ वर्षीय युवामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

....
उदयपुरका ३३ वर्षीय पुरूषमा देखियो कोरोना पोजेटिभ,

काठमाडौं, वैशाख ९ : उदयपुरमा अर्को एकजना ३३ वर्षीय युवामा पनि कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा रहेका १३ जनाको संक्रमण रहेका मानिसहरुको स्वाब परीक्षण गर्दा थप एक जनामा कोरोना संक्रमण भएको पाइएको हो। 

मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले १३ जनाको सम्पर्कमा रहेका मानिसहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याएको थियो । 

सेनाले संकलन गरेर ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण गर्न बाँकी नै रहेको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

प्रकाशित मिति: १७:४९ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्