Kathmandu Press

‘प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन्’

‘योजनाबिना काम थाल्नुभन्दा आवश्यकता र प्राथमिकताका आधारमा निष्कर्षमा पुर्‍याउने गरी निर्माण अघि बढाउने छौं,’ उनले भने।
‘प्राथमिकताका आधारमा निर्माणसम्बन्धी काम अघि बढ्छन्’

चितवन, मंसिर २९ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढ्ने बताएका छन्।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा विकास, निर्माणसम्बन्धी काम अघि बढाइने उल्लेख गरे।

Hardik ivf

‘योजनाबिना काम थाल्नुभन्दा आवश्यकता र प्राथमिकताका आधारमा निष्कर्षमा पुर्‍याउने गरी निर्माण अघि बढाउने छौं,’ उनले भने।

कुनै पनि निर्माणसम्बन्धी काम एक महिना वा छोटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले जोड दिए।

पूर्वाधार निर्माणका लागि योजनासहित संरचना बनाउन समय लाग्ने भन्दै उनले बनेका विशेष संरचनाहरू सञ्चालन प्रक्रियामा अघि बढाइएको बताए।

प्रकाशित मिति: १४:५३ बजे, शनिबार, मंसिर २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्