Kathmandu Press

काठमाडौं महानगरले मनायो महानगर दिवस

उनले राजधानी बासीका लागि मात्र नभएर यो महानगरपालिका ७७वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरुको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना ब्यक्त गरेका छन्।
काठमाडौं महानगरले मनायो महानगर दिवस

काठमाडौं, मंसिर २९ : काठमाडौं महानगरपालिकाले ३०औँ महानगर दिवस मनाएको छ। 

महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर ३०औँ महानगर दिवस मनाएको हो।  

Hardik ivf

कार्यक्रममा मेयर बालेन शाहले काठमाडौं महानगरलाई सफा सुन्दर हराभरा बनाउनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। उनले काठमाडौं महानगरपालिकाको  शुसासन र  व्यवस्थापनलाई सुदृढ बनाउने सबैमा कृतज्ञता व्यक्त गरेका हुन्।

‘महानगर दिवस मेरो लागि धन्यवादको दिवस हो। महानगरले दिने सेवा, काम कर्तव्यको बारेमा सबैले सहयोग पुर्याउनु भएको छ। महानगरलाई सफा सुन्दर हराभरा बनाइदिनु हुने सम्पूर्ण सरसफाई कर्मचारिहरुलाई धन्यवाद दिन चाहन्छु । काठमाडौं महानगरको शुसासन र व्यवस्थापनलाई सुदृढ बनाइदिनु हुने नगर प्रहरी साथीहरुलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु,’ बालेनले भने।

उनले यो महानगरपालिका आफैंमा राजधानी भएको बताए। उनले राजधानी बासीका लागि मात्र नभएर यो महानगरपालिका ७७वटै जिल्लाबाट आउने सम्पूर्ण नागरिकहरुको आफ्नो राजधानी बन्न सकोस् भनेर शुभकामना ब्यक्त गरेका छन्।

प्रकाशित मिति: १३:४३ बजे, शनिबार, मंसिर २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्