Kathmandu Press

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा काफ्ले

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा काफ्ले

सुनसरी, मंसिर २९ : नेपाल पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन्। 

नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा अर्जुन सुवेदी, महिला उपाध्यक्षमा यशोदा सेन निर्वाचित भएका छन्। 

यस्तै, सचिवमा पर्शुराम बाह्रकोटी, सह–सचिवमा विकल रेग्मी, सह–सचिव सदस्यमा वीरेन्द्रकुमार साह, कोषाध्यक्षमा बिबेक रेग्मी र आदिवासीतर्फ विजयकुमार राई निर्वाचित भएका छन्।

केन्द्रीय परिषद् सदस्य महिलातर्फ शुभद्रा प्याकुरेल र समावेशी जनजातीतर्फ नरबहादुर लिम्बु (प्रदिप मेन्याङ्वो) निर्विरोध निर्वाचित भएका छन्। 

प्रकाशित मिति: १२:३१ बजे, शनिबार, मंसिर २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्