पत्रकार महासंघ एसोसिएट केन्द्रिय सदस्यमा कुँवर र मुडभरी विजयी, एसोसिएट अध्यक्षमा आचार्य

काठमाडौं, मंसिर २९ : २७औं महाधिवेशनबाट नेपाल पत्रकार महासंघको एसोसिएट केन्द्रिय सदस्यमा मनुका कुँवर र पवित्रा मुडभरी निर्वाचित भएका छन्।
२ सदस्यका लागि भएको निर्वाचनमा ३ जनाको उम्मेदवारी परेको थियो। जसमा कुँवरले सर्वाधिक ३०१ मत ल्याउँदा मुडभरीले २०९ मत ल्याए। यस्तै अर्का उम्मेदवार मुक्तिबाबु रेग्मीले १८८ मत मात्र प्राप्त गरे।
यस्तै, महासंघको एसोसिएट प्रदेश समितिको अध्यक्षमा रोयल विजयी भएका छन्। आचार्यले २६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी स्मृति ढुंगानाले १९२ मत प्राप्त गरिन्।
यस्तै, उपाध्यक्ष (समावेशी)मा पुष्पा थपलिया, महासचिवमा अशेष अधिकारी विजयी भएका छन्।
प्रकाशित मिति: १०:२२ बजे, शनिबार, मंसिर २९, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1738923631.jpg)
