अध्यादेश ल्याउने ओलीको कदमप्रति माधव नेपालको टिप्पणी–'व्यक्तिवाद र संक्रिर्ण स्वार्थ'
काठमाडौं, वैशाख ९ः नेकपाका वरिष्ठ नेता माधवुकमार नेपालले दल फुटाउन सहज हुने गरी ल्याइएको अध्यादेशलाई व्यक्तिवाद र संकिर्ण स्वार्थको संज्ञा दिएका छन्। ....

काठमाडौं, वैशाख ९ः नेकपाका वरिष्ठ नेता माधवुकमार नेपालले दल फुटाउन सहज हुने गरी ल्याइएको अध्यादेशलाई व्यक्तिवाद र संकिर्ण स्वार्थको संज्ञा दिएका छन्। मंगलबार विज्ञप्ती जारी गर्दै उनले यस्ता आग्रह वा अहमबाट प्रेरित नहुन पार्टी पंक्तिलाई आग्रह समेत गरेका छन्। ‘व्यक्तिवाद, सकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आकोश, भावावेस वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित नभई पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई दह्रोसँग पक्रिएर अघि बढ्नु हामी सबैको दायित्व हो,’ उनले भनेका छन्।
उनले अध्यादेश तर्फ लक्षित गर्दै पछिल्लो समय विकशित घटनाक्रमले आशंका जन्माएको बताएका छन्। ‘हाल विकशित कतिपय घटनाक्रमले पार्टी भित्र अनेक आशंका र चिन्ता उत्पन्न भएको पाइएको छ। यस्तो अवस्थामा हामीले सिंगो पार्टी पक्तिलाई भावनात्मक रुपले एकताबद्ध बनाउन जिम्मेवारीका साथ अघि बढ्नु पर्दछ।’
उनले पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आ–आफ्नो ठाउँबाट योगदान गर्न आग्रह समेत गरेका छन्।
नेता नेपालले मुलक चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा नेपाल कम्युनिस्ट पार्टीको दायित्व अझै बढेको बताएका छन्। ‘कम्युनिस्ट आन्दोलनका विगतमा टुट–फुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै हामीले दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ़, दीगो र बलियो बनाउनु सबै नेता–कार्यकर्ताको गहन जिम्मेवारी हो,’ उनले भनेका छन्, ‘बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेवारी कुशलताका साथ पूरा गर्न सकिन्छ।’
उनले कोभिड–१९ को महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला नेपाल सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिंगो राष्ट्र, हाम्रो पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको संक्रमणविरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने बताए। ‘यस्तो विषम परिस्थितिमा सरकार र पार्टी कहींबाट अन्यत्र मोड़ने, संविधान र काननी शासनका मान्यतामा प्रहार हने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आधात पुग्नसक्ने काम–कुरा हुनुहुँदैन,’ उनले भनेका छन्।





-1792762148.jpeg)





