Kathmandu Press

एमालेलाई जग्गा दान विरूद्धको मुद्दा हेर्दाहेर्दैमा

उक्त मुद्दामा पक्ष विपक्षको लिखित जवाफ आइसकेका कारण चाँडो टुंगो लगाउने तयारी सर्वोच्चको छ।
एमालेलाई जग्गा दान विरूद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं, मंसिर २८ : एमाले मुख्यालय बनाउन व्यवसायी मिनबहादुर गुरुङले दिएको जग्गादान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर टुंगोमा पुग्ने भएको छ । 

सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासबाट यसअघि जारी भएको अल्पकालिन अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने बिषयको टुंगो लगाउन निरन्तर सुनुवाइ हुने भएको हो।

उक्त मुद्दामा पक्ष विपक्षको लिखित जवाफ आइसकेका कारण चाँडो टुंगो लगाउने तयारी सर्वोच्चको छ।

सर्वोच्चका न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले शुक्रबार मुद्दाको अन्तिम सुनुवाइ नै गर्ने आदेश गरेपछि चाँडो निर्णय हुने बाटो खुलेको छ । 

उक्त मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

व्यवसायीले गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन जग्गादानको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो।

सर्वोच्चमा पुगेको रिटमा प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कार्तिकमा अल्पकालिन अन्तरिम आदेश जारी भएको थियो । उक्त आदेश निरन्तर छ। 

 

प्रकाशित मिति: २०:१३ बजे, शुक्रबार, मंसिर २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्