एकीकृत समाजवादीले स्थायी कमिटीमा थप्यो १७ नेता
थपिएका सदस्यसहित स्थायी समितिको आकार ४१ सदस्यीय बनेको छ ।
काठमाडौं, मंसिर २८ : नेकपा (एकिकृत समाजवादी)को स्थायी समिति बैठकले स्थायी कमिटीमा १७ नेता थप गरेको छ।
थपिएका सदस्यसहित स्थायी समितिको आकार ४१ सदस्यीय बनेको छ ।
स्थायी समिति सदस्यमा रामकुमारी झाँक्री, डा.विजय पौडेल, जीवनराम श्रेष्ठ, केशवराल श्रेष्ठ, हरिप्रसाद पराजुली, नागेन्द्र चौधरी, रामचन्द्र झा, विरोध खतिवडा, कल्याणी खड्का, डा वंशीधर मिश्र, बलराम बाँस्कोटा, शत्रुधन महतो, श्रीप्रसाद साह, विश्वनाथ प्याकुरेल, साध्यबहादुर भण्डारी, रामचन्द्र यादव र लक्ष्मण पौडेल छन्।
शुक्रबार भएको छलफलमा नयाँ थपिएका सदस्यहरू पनि संलग्न रहेको जनाइएको छ। महासचिव घनश्याम भुसालले पेश गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि छलफल भएको जनाइएको छ। बैठक शनिबार पनि निरन्तर चल्ने छ।
प्रकाशित मिति: १९:२८ बजे, शुक्रबार, मंसिर २८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












