अल्लू अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश
दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ।काठमाडौं, मंसिर २८ : दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनलाई १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
शुक्रबार जुबली हिल्सस्थित आफ्नै घरबाट पक्राउ परेका अल्लूलाई हैदराबाद अदालतले १४ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ।
अल्लू अभिनीत 'पुष्पा २: द रूल' चलचित्रको प्रोमोसनका क्रममा डिसेम्बर ४ मा सन्ध्या थियएटरमा ठूलो भिड जम्मा भएपछि भागदौड मच्चिएको थियो।
भागदौडमा ३५ वर्षीया महिलाको मृत्यु र उनका ९ वर्षीय छोरा घाइते भएका थिए। मृतकका आफन्तले अभिनेता अल्लूविरूद्ध पनि जाहेरी दिएपछि शुक्रबार प्रहरीले उनलाई घरबाटै पक्राउ गरेर चिक्कडपल्ली प्रहरी कार्यालय पुर्याएको थियो।
प्रहरीले उनलाई शुक्रबार नै अदालतमा उपस्थित गराएको थियो। अल्लूपक्षका वकिलहरूले उनलाई जमानतमा छाड्न माग गरेका थिए। वकिलहरूले बलिउड अभिनेता शाहरूख खानको फिल्म रइस प्रोमोशनका क्रममा यस्तै प्रकृतिको घटनामा खानलाई अदालतले अभियुक्त करार नगरेको नजिर सुनाएका थिए।
यद्यपि अदालतले उनलाई न्यायिक हिरासत पठाउने निर्णय गरेको छ।