Kathmandu Press

पाँच खर्ब २१ अर्ब ६३ करोड रेमिटेन्स भित्रियो

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार,  समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो।
पाँच खर्ब २१ अर्ब ६३ करोड रेमिटेन्स भित्रियो

काठमाडौं, मंसिर २८ :  चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच खर्ब २१ अर्ब ६३ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ।

 नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणानुसार,  समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा नौ दशमलव एक प्रतिशतले वृद्धि भएको हो।

Hardik ivf

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब ८७ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह तीन अर्ब ६० करोड रहेको थियो।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) पाँच खर्ब ६८ अर्ब २६ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय पाँच खर्ब २१ अर्ब ४३ करोड रहेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः एक लाख ३७ हजार ४७५ र ६८ हजार ८४१ रहेको थियो।

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, मंसिर २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्