Kathmandu Press

मुग्लिन–पोखरा सडक पॉच दिन आंशिक प्रभावित हुने

मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्ड पाँच दिनसम्म आंशिक प्रभावित हुने भएको छ।
मुग्लिन–पोखरा सडक पॉच दिन आंशिक प्रभावित हुने

दमौली, मंसिर २८ :  मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्ड पाँच दिनसम्म आंशिक प्रभावित हुने भएको छ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले भोलि शनिबार  बिहान ८ बजेदेखि सॉझ ६ बजेसम्म सवारी आवागमन आंशिक प्रभावित हुने मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ। 

कोत्रेखोला पुलमा ‘गिर्डर लन्चिङ’ गरिने भएकाले उक्त सडक खण्डमा एक पटकमा बढीमा एक घण्टा यातायात सञ्चालन प्रभावित हुने योजनाले जनाएको छ।

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, मंसिर २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्