Kathmandu Press

पाँच मुलुकका लागि राजदूत नियुक्त

ष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गरेका छन्।
पाँच मुलुकका लागि राजदूत नियुक्त

काठमाडौं, मंसिर २८ : राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच मुलुकका लागि राजदूत नियुक्त गरेका छन्।

नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार प्रकाशमणि पौडेललाई गणतन्त्र पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्राडा कपिलमान श्रेष्ठलाई गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम र डा. शिवमाया तुम्बाहाङफेलाई गणतन्त्र कोरियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको हो।

प्रकाशित मिति: १७:३४ बजे, शुक्रबार, मंसिर २८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्