Kathmandu Press

छैँटौं खेलमा चितवनमाथि विराटनगरको सानदार जित

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रनमा समेटिएको थियो। 
छैँटौं खेलमा चितवनमाथि विराटनगरको सानदार जित

काठमाडौं, मंसिर २८ : नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रनमा समेटिएको थियो। 

चितवनका लागि अमर रौतेलाले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै ४२ रन हाने।

सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए ।

चितवनका लागि हसन इसाखिलले पाँच, दीपक बोहराले दुई, बासिल हमिद र सोहेल तनवीरले एक/एक रन जोडे।

विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए।  यस्तै, क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले समान एक/एक विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो।

विराटनगरको लागि बसिर अहमदले अविजित रहँदै अर्धशतक बनाए।

उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाएर नट आउट रहे।

त्यसैगरी मार्टिन गप्टिलले ४५, राजेश पुलामीले नट आउट ३३, निकोलस किर्टनले ८ र दीपक बोहराले चार रन जोडे।

विराटनगरले अतिरिक्त २३ रन प्राप्त ग-यो।

बलिङतर्फ चितवनका रिजन ढकालले सर्वाधिक दुई विकेट लिए ।

यस्तै, कप्तान कुशल मल्ल, सोहेल तनवीर र बासिल हमिदले समान एक/एक विकेट लिएका थिए। 

प्रकाशित मिति: १७:३० बजे, शुक्रबार, मंसिर २८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्