उपलब्धिहरुलाई हामीले अनुभूतिमा बदल्न सकेका छैनौं : मन्त्री पौडेल
उनले स्रोतसँग नजोडिएको सिद्घान्त कहिले राम्रोसँग कार्यान्वयन नहुने बताए। उनले जुनसुकै राजनीतिक होस् या अन्य विषका साथै शैक्षिक विषयहरुलाई समेत स्रोतसँग जोडिएको हुनुपर्ने बताए।
काठमाडौं, मंसिर २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्राप्त गरेको उपलब्धिहरुलाई अनुभूतिमा बदल्न आवश्यक छ।
शुक्रबार ब्रिजवाटर अभिनन्दन कार्यक्रम २०८१ लाई सम्बोधन गर्दै उनले हामीले थुप्रै उपलब्धिहरु हासिल गरिसकेको भएतापनि अनुभूतिमा बदल्न नसकेको गुनासो गरे।
‘हामीले उपलब्धि थुप्रै हासिल गरेका छौं तर त्यसलाई अनुभूतिमा बदल्न सकिरहेका छैनौं। हामीले व्यवहारिक परिवर्तनहरु गर्न सकिरहेका छैनौं,’ उनले भने, ‘यसैले हामीले खोजेको व्यवस्थाभित्र व्यवहारिक परिवर्तनका निम्ती हामी जहाँ छौं त्यहाँबाट प्रभावकारी भूमिका निर्वाह गर्ने कोशिष गर्यौं, जिम्मेवारीलाई प्रभावकारी ढंगबाट लग्ने कोशिष गर्यौं। नेपालको राजनीतिले स्रोतसँग नजोडिकन सिद्घान्तहरुको ब्याख्या गर्यौं।’
उनले स्रोतसँग नजोडिएको सिद्घान्त कहिले राम्रोसँग कार्यान्वयन नहुने बताए। उनले जुनसुकै राजनीतिक होस् या अन्य विषका साथै शैक्षिक विषयहरुलाई समेत स्रोतसँग जोडिएको हुनुपर्ने बताए।