Kathmandu Press

राजधानीका चार मस्जिदमा अनुगमन, सबैतिर सुनसान 

काठमाडौं, वैशाख ९ : काठमाडौं महानगरपालिकाले जमातीहरु रहेको हुन सक्ने भन्ने आशंकामा मंगलबार काठमाडौंका चार ओटा मस्जिदहरुमा अनुगमन गरेको छ। काठमाडौं महा....

राजधानीका चार मस्जिदमा अनुगमन, सबैतिर सुनसान 

काठमाडौं, वैशाख ९ : काठमाडौं महानगरपालिकाले जमातीहरु रहेको हुन सक्ने भन्ने आशंकामा मंगलबार काठमाडौंका चार ओटा मस्जिदहरुमा अनुगमन गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरेका हुन्।

वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा रहेका केहीमा र उयपुरको भुल्केको मस्जिदमा रहेका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। दुबै ठाउँका मस्जिदमै बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरुमा पनि जमातीहरु बस्न सक्ने भन्दै महानगरले अनुगमन गरेको हो। मुस्लिम समूदायको सबै भन्दा बढी भीडभाड हुने मस्जिदमा कोरोना संक्रमित हुनसक्ने भन्दै विविभन्न सञ्चार माध्यममा आइरहेको समयमा अनुगमन गरिएको महानगरले जनाएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अनुगमनको क्रममा राजधानीका चार स्थानमा रहेको अस्जिदको अवस्था सामान्य रहेको बताए। ‘वीरगञ्ज र उदयपुरका मस्जिदमा बसेका केहीमा कोरोना संक्रमण पुष्टि भएसँगै राजधानीका पनि विभिन्न मस्जिदमा जमातीहरु विना सूचना बसेका हुन सक्ने आशंकापछि आज रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरिएको छ,’ प्रमुख शाक्यले भने, ‘कतिपय सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अहिले पनि ती मस्जिदहरुमा नवाज पढ्ने काम निरन्तर भइरहेको भन्ने आशंकालाई मध्यनजर गर्दै हामीले अनुगमन गरेका हौँ।’ 

उनले काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा मनाउने पाहाँचः र्‍हे, घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्व नमनाउन यस अघि नै अपिल गरेको जानकारी दिदैँ मस्जिदहरुमा पनि यो विषम परिस्थितिमा नवाज पढ्नेलगायतलाई स्थगन गर्न पहिल्यै आग्रह गरेको जानकारी दिए। ‘हामीले पहिल्यै सम्वन्धित निकायसँग आग्रह गरेका थियौँ,’ उनले भने, ‘आज हामीले अनुगमन गर्दा पनि त्यस्तो भिडभाड गर्ने, नवाज पढ्ने गरेको अवस्था देखिएन। दुई ओटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाई गर्ने, खाना बनाउनेलगायतका काम गर्ने आठ–आठ जना मात्रै रहेको पाइयो। सुन्धारा र स्वयम्भूमा त अझ त्यो भन्दा कम संख्यामा रहेको पाइयो।’ 

उनले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउने वित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खवर गर्न आग्रह गरेका छन् । ‘मुस्लिम आयोगका अध्यक्षलगायतले पनि नियमित बस्ने बाहेक कसैलाई प्रवेश नदिएको र नियमित शुक्रबार नवाज पढ्ने कुरालाई पनि सूचना टाँसेर नै स्थगन गरेको जानकारी दिनुभयो,’ प्रमुख शाक्यले भने,’ ‘अनुगमनका क्रममा त्यहाँ देखिएको सुनसान अवस्थाले पनि महानगरवासीलाई ढुक्क हुने वातावरण निर्माण भएको छ।’ 

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीका अनुसार मुस्लिम समूदायको भिडभाड हुने चार मस्जिदको अनुगमन गरिएको हो। उनले मुस्लिम आयोगले पूर्वमन्त्री, मानव अधिकार आयोगका सदस्य, धर्मगुरुलगायत रहेको सात सदस्यीय केन्द्रीय अनुगमन समितिले निरन्तर अनुगमन गरिरहेको बताए।

‘जामे मस्जिदमा मात्रै नियमित शुक्रबार करीब ६ देखि ८ हजार नवाजीहरु आउने गर्नुहुन्थ्यो, उनले भने, स्वयम्भूको मस्जिदमा पनि २–३ हजार नवाजी आउने गर्नुहुन्थ्यो र सुनधारमा पनि चार–पाँच सय आउने गर्नुहुन्थ्यो। अहिले ती चार वटै मस्जिद सुनसान छन्।

उनका अनुसार भारत र पाकिस्तानबाट आएर उपत्यकामा रहेका जमाती पनि अहिले लकडाउनको पूर्ण पालना गर्दै जिल्ला प्रशासन र वडा कार्यालयको निगरानीमा क्वारेन्टायनमा बसेका छन्।

प्रकाशित मिति: १६:१५ बजे, मंगलबार, वैशाख ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्