Kathmandu Press

अन्तर्राष्ट्रिय विवाद समाधानका लागि नेपाललाई विश्वसनीय स्थल बनाउँछौं: प्रधानमन्त्री

उनले जलवायु परिवर्तनको कारण पृथ्वी र हिमालमा परिरहेको संकटको बारेमा पनि चिन्ता व्यक्त गरे।
अन्तर्राष्ट्रिय विवाद समाधानका लागि नेपाललाई विश्वसनीय स्थल बनाउँछौं: प्रधानमन्त्री

काठमाडौं, मंसिर २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबारदेखि ललितपुरमा नेपालको अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रले आयोजना गरेको उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले नेपालको एडीआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनहरूमा नेपालको सक्रियता उल्लेख गर्दै भने, ‘नेपालले न्यूयोर्क कन्भेन्सन र सिंगापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडीआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ।’

उनले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानको लागि एक तटस्थ र विश्वासनीय स्थलको रूपमा प्रस्तुत गर्ने लक्ष्यमा रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले यस वर्षको एडीआर सप्ताहको मुख्य शीर्षक ‘ग्रीन आर्बिट्रेसनः हिमालय बचाऔं, भविष्यको पीढीको लागि पृथ्वी बचाऔं’ अत्यन्तै महत्त्वपूर्ण भएको जनाएका छन् ।

उनले जलवायु परिवर्तनको कारण पृथ्वी र हिमालमा परिरहेको संकटको बारेमा पनि चिन्ता व्यक्त गरे।

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्