Kathmandu Press

एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाइ

 एसिसी महिला यु–१९ एसिया कपका लागि सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
एसिया कप खेल्ने महिला यु–१९ टिमको बिदाइ

काठमाडौं, मंसिर २७ : एसिसी महिला यु–१९ एसिया कपका लागि सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको हो ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ।

टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाडीमा, साना प्रवीन, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत छन् ।

महिला यु–१९ एसिया कप यही मङ्सिर ३० देखि आगामी पुस ७ गतेसम्म मलेसियामा हुँदैछ।

प्रकाशित मिति: १८:४० बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्