Kathmandu Press

नतिजा नमिलेपछि राजस्थानमा आरडीटीबाट कोरोना परीक्षण बन्द गरियो  

काठमाडौं, वैशाख ९ : भारतको राजस्थानमा कोरोना भाइरस संक्रमित बिरामीको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोनाको एन्टिबडी परीक्षण गर्दा नेगे....

नतिजा नमिलेपछि राजस्थानमा आरडीटीबाट कोरोना परीक्षण बन्द गरियो  

काठमाडौं, वैशाख ९ : भारतको राजस्थानमा कोरोना भाइरस संक्रमित बिरामीको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोनाको एन्टिबडी परीक्षण गर्दा नेगेटिभ नतिजा देखाएपछि प्रदेश सरकारले उक्त किटबाट परीक्षण बन्द गरेको छ। 

राजस्थानमा मंगलबारदेखि नै र्‍यापिड किटबाट परीक्षण गर्न रोकिएको द हिन्दुले जनाएको छ। प्रदेशका स्वास्थ्यमन्त्री रघु शर्माका अनुसार ९० प्रतिशत सहि नतिजा देखाउँछ भनेर ल्याएको किटले ५ दशमलब ४ प्रतिशत मात्र सहि नतिजा देखाएपछि परीक्षण बन्द गरिएको हो।

सवाइमानसिंह अस्पतालका विज्ञको टोलीले गरेको एक अध्ययनबाट उक्त किटबाट परीक्षण गर्दा ५ दशमलब ४ प्रतिशत मात्र नतिजा मिलेको निस्कर्ष निकालिएको छ। अध्ययनका क्रममा विज्ञहरुले पिसिआर मेसिनले कोरोना संक्रमित पुष्टि गरिसकेको व्यक्तिको र्‍यापिड टेस्ट गराउँदा नतिजा नेगेटिभ देखाएको थियो।

राजस्थानमा गत शुक्रबारदेखि र्‍यापिड टेस्ट थालिएको थियो।

प्रकाशित मिति: १५:४३ बजे, मंगलबार, वैशाख ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्