Kathmandu Press

दुर्गा प्रसाईंको बयान– कम्बोडियामा ओलीको लगानीबारे कागजात त्यहाँ बस्ने नेपालीले पठाएका हुन्

सरकारी वकिल कार्यालय काठमाडौंलाई दिएको बयानमा प्रसाईंले उक्त भनाई राखेका हुन्। कम्बोडियामा बस्ने एक नेपालीले फोन गरेर प्रधानमन्त्री ओलीले लगानी गरेको विषयमा बताएको प्रसाईंको बयानमा उल्लेख छ। 
दुर्गा प्रसाईंको बयान– कम्बोडियामा ओलीको लगानीबारे कागजात त्यहाँ बस्ने नेपालीले पठाएका हुन्

काठमाडौं, मंसिर २८ : पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानीका आरोपसम्बन्धी कागजात त्यहाँ बस्ने नेपालीबाट प्राप्त भएको बयान दिएका छन्।

सरकारी वकिल कार्यालय काठमाडौंलाई दिएको बयानमा प्रसाईंले उक्त भनाई राखेका हुन्। कम्बोडियामा बस्ने एक नेपालीले फोन गरेर प्रधानमन्त्री ओलीले लगानी गरेको विषयमा बताएको प्रसाईंको बयानमा उल्लेख छ। 

Hardik ivf

सोही आधारमा आफूले बोलेको भनाई प्रसाईंको छ। प्रसाईंविरुद्ध साईबर अपराधमा बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। प्रसाईंमाथि नेपाल प्रहरीको साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरेको थियो।

‘एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बरमा मलाई फोन सम्पर्क गरेका थिए। खड्गप्रसाद शर्मा ओलीको स्मार्ट एक्जिएटा कम्पनी लिमिटेड कम्बोडियामा लगानी छ भनि जानकारी गराएका थिए। त्यसोभए तपाईसँग के प्रमाण छ भनि उनलाई सोधपुछ गर्दा खड्गप्रसाद शर्मा ओली बिजनेश फोरमका लागि १४ मे, २०१९ मंगलबार कम्बोडियामा जाँदा भाग लिएको अवस्थाको भिडिओ र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेका थिए,’ प्रसाईंको बयानमा उल्लेख छ, ‘त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बरको ह्वाट्सएपमा पठाइदेऊ भनेकोमा उनले पठाइदिए। यो प्रमाणहरू मैले बनाएको कागजात, भिडिओ तथा फोटोहरू होइन ।’

प्रकाशित मिति: १४:१३ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्