Kathmandu Press

प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा 

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्। 
प्रधान सेनापति सिग्देललाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा 

काठमाडौं, मंसिर २८ : प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन्।

नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्। 

Hardik ivf

भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थितिमा सिग्देललाई मानार्थ महारथी प्रदान गरिएको हो। 

प्रधान सेनापति सिग्देल भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको निमन्त्रणामा मंसिर २६ गते भारत प्रस्थान गरेका थिए। 

नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा अनुरुप सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरिएको हो। 

यसअघि गत मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए। 

प्रकाशित मिति: १४:०९ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्