राहतमा कुहिएको चामल वितरण गरेको आरोपमा कलैयाका मेयर पक्राउ
बारा, वैशाख ९ : राहतको नामा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको भन्दै प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई पक्राउ गरेको छ। मंगल....

बारा, वैशाख ९ : राहतको नामा गुणस्तरहीन खाद्यवस्तु वितरण गरेको भन्दै प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश रायलाई पक्राउ गरेको छ। मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो।
राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
मेयर रायमाथि लागेको अभियोगबारे सोधपुछको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ।
राहतस्वरुप स्थानीय विपन्न बर्गलाई लक्षित गरेर बाडिएको खाध्यन्न कलैया उपमहागरपालिकाका २२ मटिअरीया, ७ र २० मा चैत २८ गते वितरण गरिएकोमा चामल, दाल कुहिएको भेटिएको थियो।





-1792762148.jpeg)





