Kathmandu Press

माओवादी स्थायी समिति बैठक स्थगित

अध्यक्ष पुष्पकमल दाहालको व्यवस्तताका कारण बैठक स्थगित गरिएको बताएको छ। 
माओवादी स्थायी समिति बैठक स्थगित

काठमाडौं, मंसिर २६ : आजका लागि तय भएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ।

अध्यक्ष पुष्पकमल दाहालको व्यवस्तताका कारण बैठक स्थगित गरिएको बताएको छ। 

मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचन, केन्द्रीय समिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो ३ बजेका लागि माओवादी स्थायी समिति बैठक बोलाइएको थियो। 

अब स्थायी समिति बैठक शुक्रबार बस्ने छ। 
 

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्