Kathmandu Press

सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव

‘नयाँ कुरा केही छैन। राजनीतिकर्मीहरु बुझिहाल्नु हुन्छ। मेयर सापहरुको पद त पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन,’ उनले भने ‘तर दुई तिहाइको सरकार भएर पनि मन्त्रीहरुको पदको सुरक्षा छैन। पद सुरक्षित छैन। राजनीतिक कुरा हो यस्तो भैइहाल्छ।’
सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित छैन : मन्त्री यादव

काठमाडौं, मंसिर २७ : खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रीहरुको पद सुरक्षित नरहेको बताएका छन्।

बिहीबार खानेपानी, सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले स्थानिय तहका मेयरहरुको पद पाँच वर्षसम्मका लागि  सुरक्षित भए पनि सरकारमा गएका मन्त्रीहरुको पद सुरक्षित नभएको बताएका हुन्। 

Hardik ivf

‘नयाँ कुरा केही छैन। राजनीतिकर्मीहरु बुझिहाल्नु हुन्छ। मेयर सापहरुको पद त पाँच वर्षसम्म कसैले हल्लाउन सक्दैन,’ उनले भने ‘तर दुई तिहाइको सरकार भएर पनि मन्त्रीहरुको पदको सुरक्षा छैन। पद सुरक्षित छैन। राजनीतिक कुरा हो यस्तो भैइहाल्छ।’

साथै, उनले राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्ने बताए। उनले आफू जति दिन पदमा बसिन्छ त्यो समयमा इमानदारी पूर्वक काम गर्ने बताए।

मन्त्री यादवले युवामाथि नागरिकको विश्वास रहेको बताउँदै राजनीतिक व्यक्तिहरुले जनताको कुरा कार्यान्वयन गर्नकै लागि अगाडि बढ्नुपर्ने बताए।

‘राजनीतिमा आएका युवाहरुमाथि जनताको विश्वास छ। त्यसैले हामी राजनीति व्यक्तिहरुले बोलिबचनमा प्रतिबद्घ हुनुपर्छ,’ उनले भने, ‘हामीले जनताको सपना बोकेर राजनीतिमा आउनुपर्छ, र आएका पनि छौं। जनताको कुरा कार्यान्वयन गराउनका निम्ती हामीले अगाडि बढ्नुपर्छ।’

उनले सरसफाई तथा स्वच्छता पैरवी राष्ट्रिय शिखर सम्मेलन गर्न प्लान गर्नुपर्ने बताए। उनले हरेक दिन, हप्ता र महिनामा प्लान गरेर शिखर सम्मेलन गर्न सके मात्र सफल हुने बताए।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, मंसिर २७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्