Kathmandu Press

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन्।
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

काठमाडौं, मंसिर २६ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन्।

कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

 उनका अनुसा दोलखामा इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ।

गत भदौदेखि जसपा नेपालले आधारभूत संगठन निर्माणको चार महिने अभियान सुरु गरेको थियो । यही मंसिर मसान्तसम्म सञ्चालन हुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ।

प्रकाशित मिति: १९:४१ बजे, बुधबार, मंसिर २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्