Kathmandu Press

दुर्गा प्रसाईंविरूद्ध अदालतमा मुद्दा दर्ता, सात वर्ष कैद सजायको माग

मेडिकल व्यवसायी दुर्गा प्रसाईविरूद्ध मुद्दा दर्ता भएको छ ।
दुर्गा प्रसाईंविरूद्ध अदालतमा मुद्दा दर्ता, सात वर्ष कैद सजायको माग
फाइल तस्बिर।

काठमाडौं, मंसिर २६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरूद्ध मुद्दा दर्ता भएको छ ।

बुधबार जिल्ला सरकारी वकिलको कार्यालयले प्रसाईंविरूद्ध काठमाडौं जिल्ला अदालतमा  साइबर अपराध कसुरमा मुद्दा दर्ता गरेको हो।

सरकारी वकिल कार्यालयले उनलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार एक लाख रूपैयाँ र पाँच वर्ष कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो।

Hardik ivf

प्रसाईंले दोहोर्‍याएर सोही अपराध गरेका कारण उनलाई डेढी सजायका मागदाबी पनि गरिएको छ।४७ कै उपदफा २ ले निर्धारण गरेको डेढी सजाय समेत माग गरिएको छ।

उक्त उपदफामा १ बमोजिमको कसुर पटक-पटक गरेका त्यस्तो कसुरबापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने व्यवस्था छ। यसको अर्थ उनीमाथि माग दाबी गरिएको ५ वर्ष कैद र दोहोर्‍याएर सोही अपराध गरेको कसुरमा थप २ वर्ष गरी ७ वर्षको कैद सजाय मागदाबी गरिएको छ।

प्रसाई पहिलोपटक असोज ६ गते पक्राउ परेका थिए। त्यतिबेला उनी दुई वटा कसुरमा  ९ दिन हिरासत बसेर ५०-५० हजार धरौटीमा रिहा भएका थिए।   

त्यसको किनारा नलाग्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको आरोप लगाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुरको बालकोटस्थित उनकै निवासबाट मंसिर ४ गते पक्राउ गरेको थियो।

 सिआइबीको हिरासतमा रहेका उनीविरुद्ध आपराधिक लाभ र संगठित अपराधको कसुरमा पनि अनुसन्धान भइरहेको छ।

उनले भारतबाट मानिसहरू परिचालित गरी नेपाली व्यवसायीहरूलाई धम्की दिएका थिए।  

नेपालका उच्चस्तरीय व्यक्ति तथा व्यवसायीहरूलाई धम्क्याउन झापाका हरिचन्द्र फुयाललाई परिचालन गरेको खुलेको थियो। उनले प्रसाईंकै निर्देशनमा भारतमा बसेर भारतीय गुन्डा नाइके लरेन्स बिस्नोईको नाममा विभिन्न व्यक्तिहरूलाई धम्की दिएको खुलेको थियो।

प्रकाशित मिति: १९:२२ बजे, बुधबार, मंसिर २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्