Kathmandu Press

काठमाडौंले यसरी मनाउँदैछ ३० औं महानगर दिवस

काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी ३० औँ महानगर दिवस मनाउने भएको छ ।
काठमाडौंले यसरी मनाउँदैछ ३० औं महानगर दिवस

काठमाडौं, मंसिर २६ । काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रमको आयोजना गरी ३० औँ महानगर दिवस मनाउने भएको छ ।

बुधबार महानगरले पत्रकार सम्मेलन गर्दै मेयर बालेन शाहको संयोजकत्वमा महानगर दिवस मूल समारोह समिति गठन गरिएको जानकारी दिएको हो ।

विगत वर्षदेखि सञ्चालन गरिएका कार्यक्रमलाई थप व्यवस्थित, सहभागितामूलक र पहुंचयुक्त बनाउनुलाई यस वर्ष प्राथमिकता दिइएको महानगरले जानकारी दिएको छ  ।

Hardik ivf

यस अन्तर्गत शिक्षा विभागमार्फत विद्यालयस्तरीय हाजिरी जवाफ र शिक्षकस्तरीय कविता बाचन प्रतियोगिता आयोजना भइरहेका छन् ।

महानगरका अनुसार मंसिर २७ गते विहान ७ बजेदेखि प्रमुखको नेतृत्वमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कर्मचारी सैनिक मुख्यालयभित्र रहेको फुटबल ग्राउण्डमा मैत्रीपूर्ण फुटबल खेल आयोजना हुनेछ ।

मसिर २८ गते सम्पदा तथा पर्यटन विभागले परम्परागत बाजा तथा गुठी खलका गृहहरुको सम्मान कार्यक्रम गर्ने भएको छ । शिक्षा विभागबाट आयोजना गरिएका प्रतियोगिताका विजेतालाई भोलि नै पुरस्कार वितरण गरिनेछ ।

मंसिर २९ गते विहान ८ बजे सैनिक मञ्च, टुंडिखेलमा औपचारिक समारोह आयोजना हुने महानगरले जनाएको छ । त्यस अवसरमा वडास्तरीय सांस्कृतिक झाँकी प्रदर्शन, स्वास्थ्य शिविर, व्यक्तित्व सम्मान लगायत कार्यक्रम हुने छन् ।

यस अवसरमा स्थानीय मौलिक परम्परागत परिकार एवं पेय पदार्थको प्रवर्धन गर्न सबै वडाको सहभागिता हुने गरी टुंडिखेल मैदानमा बिहान ९ बजेदेखि खाना मेला हुनेछ र महिला उद्यमशीलतालाई प्रवर्धन गर्न ‘एक वडा, एक नमूना कार्यक्रम’ बाट उत्पादित बस्तु तथा सामग्रीको बजार पनि राखिने छ ।

चलचित्र, संगीत, कलाको विकास तथा प्रवर्धन गर्ने उद्देश्यले त्यसै दिन अपरान्ह ३ बजेदेखि टुंडिखेल मैदानमा सांगीतिक कार्यक्रम हुनेछ ।

उक्त सांगीतिक कार्यक्रममा संगीतका विविध आयाम र दर्शक स्रोताको रुचिका आधारमा नेपालका ख्यातिप्राप्त गायक गायिकाहरु बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, एकदेव लिम्बू, सुगम पोखरेल (व्याण्ड), केहर लिम्बू एण्ड जोइ व्या महेश काफ्ले, अस्मिता अधिकारी, कुमार सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, पवित महर्जन, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्टसहितको प्रस्तुति हुने महानगरले जानकारी दिएको हो ।

प्रकाशित मिति: १७:०४ बजे, बुधबार, मंसिर २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्