Kathmandu Press

पाँच दिन लगातार घटेको नेप्से बुधबार उच्च अंकले बढ्यो

बुधबार नेप्से ४५.८८ अंकले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको छ। यो १.७१ प्रतिशतको वृद्धि हो।
पाँच दिन लगातार घटेको नेप्से बुधबार उच्च अंकले बढ्यो

काठमाडौं, मंसिर २६ : पछिल्लो पाँच कारोबार दिन लगातार घटेको नेप्से बुधबार उच्च अंकले बढेको छ। 

बुधबार नेप्से ४५.८८ अंकले बढेर दुई हजार सात सय १५ दशमलव ७१ को विन्दुमा कायम भएको छ। यो १.७१ प्रतिशतको वृद्धि हो।

नेप्से उच्च अंकमा बढे पनि कारोबार रकम भने घटेको छ। बुधबार पाँच अर्बको मात्र कारोबार भएको छ। 

आज तीन सय आठ कम्पनीको एक करोड १३ लाख ८६ हजार आठ सय ५४ कित्ता शेयर ५६ हजार तीन सय ५० पटक खरिदबिक्री हुँदा  पाँच अर्ब पाँच करोड ६ लाख ५४ हजार चार सय ५० बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने ०.३४ प्रतिशतले घटेको छ । आज बैंकिङ समूह सबैभन्दा बढी ३.४३ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव ६३, वित्त १.८३, होटल तथा पर्यटन १.०५, जलविद्युत् १.९६ र लगानी समूह ०.७९ प्रतिशतले बढेको छ।

जीवन बिमा समूह १.०७, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.४२, निर्जीवन बिमा १.०३, व्यापार १.५६ र अन्य समूह ०.५७ प्रतिशतले बढेको हो।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य १.९९ प्रतिशत रहेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको ३६ करोड १५ लाख दुई हजार चार सय ४३ बराबरको शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १६:२४ बजे, बुधबार, मंसिर २६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्