Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन

त्यसक्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीयलगायतसँग अन्तरक्रियासमेत गरेका थिए। यही विद्यालयमा ओलीले ३ कक्षासम्म अध्ययन गरेका थिए। 
प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन

पाँचथर, मंसिर २६ : प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्। 

तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन्। 

Hardik ivf

त्यसक्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीयलगायतसँग अन्तरक्रियासमेत गरेका थिए। यही विद्यालयमा ओलीले ३ कक्षासम्म अध्ययन गरेका थिए। 

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो। भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका छन्। 

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, मंसिर २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्