Kathmandu Press

टिआरसी ऐन विवादमा संवैधानिक इजलासमा सुनुवाई सकियो

द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण लगायतद्वारा दायर उक्त रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सकिएको हो। 
टिआरसी ऐन विवादमा संवैधानिक इजलासमा सुनुवाई सकियो

काठमाडौं, मंसिर २६ : बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) ऐनमा रहेका विवादास्पद प्रावधान संशोधनको माग गर्दै दायर भएको रिटमा सुनुवाई सकिएको छ।

द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणलगायतद्वारा दायर उक्त रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई सकिएको हो। 

बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनमा रहेको कतिपय व्यवस्था अन्तर्राष्ट्रिय मानव अधिकार कानुनविरुद्ध भएको दाबीसहित खारेजीको माग गर्दै रिट दायर भएको थियो। द्वन्द्वपीडितलगायतले गत भदौ १८ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए। 

उक्त रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपनाप्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा.मनोज शर्मा संलग्न संवैधानक इजलासमा सुनुवाई सकिएको छ। 


 

प्रकाशित मिति: १५:५७ बजे, बुधबार, मंसिर २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्