प्रहरी निरिक्षक कुँवरविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा
कुँवरले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा सजायका लागि बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो।काठमाडौं, मंसिर २६ : सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका तत्कालिन प्रहरी निरिक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
कुँवरले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा सजायका लागि बुधबार विशेष अदालतमा मुद्दा दायर भएको हो।
दाङस्थित २९ नम्बर गण ज्वालामाईमा कार्यरत कुँवरले केही समयअघि पदबाट राजिनामा दिएका थिए।
अख्तियारको अनुसन्धानका क्रममा माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको भेटिएपछि भ्रष्टाचार मुद्दा चलाइएको हो।
उक्त प्रमाणपत्रका आधारमा कुँवर राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएका थिए। आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम जरिवना र जेल सजायको मागदाबी गरेको छ।