Kathmandu Press

देवरको हत्या अभियोगमा भाउजु कारागार चलान

महोत्तरी, वैशाख ९ : महोत्तरी जिल्ला अदालतले  देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ। पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरम....

देवरको हत्या अभियोगमा भाउजु कारागार चलान

महोत्तरी, वैशाख ९ : महोत्तरी जिल्ला अदालतले  देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ। पति वैदेशिक रोजगारीमा रहेका बेला आफ्नै घरमा बोलाएर परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि भाउजुले प्रेमीसँग मिलेर देवरको हत्या गरेको भन्दै महोत्तरी जिल्ला अदालतले ती महिलालाई पुर्पक्षका लागि आज कारागार लगेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका २ बस्ने रकिवुल अन्सारीकी पत्नी २८ वर्षीया सगिरा खातुनलाई  जिल्ला अदालतले कारागार चलान गरेको हो। 

सगिराले प्रेमीसँग मिलेर गत चैत ९ गते १३ वर्षीय देवर मजिबुको घाँटी थिचेर हत्या गरेकी थिइन्। मजिबुको शव घर नजीकै रहेको कब्रस्तानमा गाड्न लगिरहेका अवस्थामा स्थानीय सदिक मोमिनले  देखेपछि घटनाबारे प्रहरीलाई बताएका थिए। 

प्रकाशित मिति: १३:२५ बजे, मंगलबार, वैशाख ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्